[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

भैरहवा क्षेत्रको क्षेत्रगत भेला ,क्षमता अभिवृद्धि कार्यक्रम,क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम

Apr 15 2025
भैरहवा क्षेत्रको क्षेत्रगत भेला ,क्षमता अभिवृद्धि कार्यक्रम,क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम

नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रूपन्देहीद्वारा भैरहवा क्षेत्रको क्षेत्रगत भेला ,क्षमता अभिवृद्धि कार्यक्रम,क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरियो।

संघ जिल्ला शाखा रुपन्देही का अध्यक्ष खड्ग बहादुर बस्नेतको अध्यक्षता सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी ज्यूको प्रमुख आतिथ्यता, संघ केन्द्रका वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेल,संघ लुम्बिनी प्रदेशका अध्यक्ष लुकराज न्यौपाने,विशेष सल्लाहकार सुनिल श्रेष्ठ, संस्थापक अध्यक्ष सुरज भट्टराई, सहजकर्ता मनोरोग विशेषज्ञ डाक्टर सन्दीप बर्मा ,लुम्बिनी प्रदेशका पदाधिकारीहरु,थानेश्वर ज्ञवाली ,इन्द्र प्रसाद भट्टराई , थानेश्वर अर्याल,जिल्ला इन्चार्ज बैकुण्ठ कोइराला,सल्लाहकार प्रभा भण्डारी ,कृष्णप्रसाद भट्टराई, कानुनी सल्लाहकार अधिवक्ता युवराज घिमिरे, प्रेस सल्लाहकार स्वस्तिक श्रेष्ठ लगायत जिल्लाका पदाधिकारीहरु, सदस्यहरु एवंभैरहवा क्षेत्रका करिब ६० जना व्यावसायी हरुको सहभागिता रहेको कार्यक्रममा व्यवसायीहरूका समस्याहरू एवम स्थानीय सरकारसँग सहकार्य तथा समन्वयका विषयमा छलफल गरिएको थियो।

सह - कोषाध्यक्ष उमेश चन्द्र आचार्यको संयोजकत्वमा रहेको उक्त कार्यक्रममा सहभागी पद्मा श्रेष्ठ ,प्रमोद ज्ञवाली, अग्रज व्यवसायी किरणशंकर सरकार, संस्थापक अध्यक्ष सुरज भट्टराई, प्रदेश अध्यक्ष लुकराज न्यौपाने ,विशेष सल्लाहकार सुनिल श्रेष्ठ ,रामप्रसाद खरेल लगायत प्रमुख अतिथिज्यूले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा उठेका विषयहरूलाई संघको कोषाध्यक्ष केदार नेपालज्यूले सम्बोधन गर्नु भएको थियो भने अन्तमा कार्यक्रम सहयोग गर्नुहुने एसियन सोलार डिभिजनका प्रतिनिधि किशोर पराजुली, विशाल बस्नेत लगायत एसियन कम्पनी परिवार,प्रमुख अतिथिज्यू अतिथिज्यूहरू सहजकर्ता मनोरोग विशेषज्ञ डाक्टर सन्दिप वर्मा लगायत उपस्थित सम्पूर्णलाई अध्यक्षज्यूले धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियोे ।

Related News